PahiloPost

May 15, 2025 | २ जेठ २०८२

बर्लिनको क्रिसमस बजारमा ट्रकले हमला गर्ने इटलीमा मारिए



पहिलोपोस्ट

बर्लिनको क्रिसमस बजारमा ट्रकले हमला गर्ने इटलीमा मारिए

बर्लिनकाे क्रिसमस बजारमा ट्रकले हमला गर्न स‌ंलग्न रहेको अाश‌ंका गरिएको ट्युनिशियाली शरणार्थी मारिएका छन्। घटनामा संलग्नताकाे आ‌शंकामा प्रहरीले खोजी गरिरहेको अनिस आमरीलाई मिलान शहरमा गोली हानेर मारिएको हो।

जर्मन अधिकारीले फिंगरपोइन्टको आधारमा मारिएको ब्यक्ती आमरीनै रहेकाे पुष्टी भएको बताइएको छ। सोमबार बर्लिनको क्रिसमस बजारमा भएको अाक्रमणमा १२ जनाको ज्यान गएको थियो। ४९ जना घाइते भएका थिए।

हमलाका लागी प्रयोग भएको ट्रकमा पोल्याण्डको नम्बर प्लेट थियो भने क्याविनमा अामरीको फिंगरप्रिन्ट फेला परेको थियो।

इटलीको प्रहरीले शंका लागेर उनलाई राेक्न खोज्दा पेस्तोल निकालेर प्रहरीलाई हानेपछी प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको बताइएको छ।

उनी ट्रेनहुँदै फ्रान्सवाट इटलीको मिलान आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनको पहिचानपछि यस अगाड‍ि उनी इटलीमै पक्राउ परेर जेल परेको खुलेको छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell