PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

​सातौं राष्ट्रिय खेलकुदको दोस्रो दिन आज के के हुँदैछ?



पहिलोपोस्ट

​सातौं राष्ट्रिय खेलकुदको दोस्रो दिन आज के के हुँदैछ?

सातौं बृहत राष्ट्रिय खेलकुदको शुक्रबार राष्ट्रपतिले सुरु भएको घोषणा गरेसँगै औपचारिक सुरुवात भइसकेको छ। त्यसअघि नै महिला र पुरुष फुटबल तथा महिला र पुरुष क्रिकेट सुरु भइसकेका थिए। 

पहिलो पटक पूर्वाञ्चलको विभिन्न जिल्लामा आयोजना भइरहेको सातौंको आज दोस्रो दिन विभिन्न खेलको प्रतिस्पर्धा सुरु हुँदैछ। 

पुस २ गतेदेखि नै सुरु भएको महिला फुटबलको आज पदक छिनोफानो हुँदैछ। महिला फुटबलको स्वर्णका लागि विभागिय क्लबद्वय नेपाल पुलिस र एपीएफ दिउँसो २ बजे दुहबी खेल मैदानमा भिड्दैछन्। यस्तै तेस्रो स्थानको लागि नेपाल आर्मी र मध्यमाञ्चल बीचको खेल पनि सोही मैदानमा मध्यान्न १२ बजे सुरु हुनेछ।

यस्तै हिजोबाट सुरु भएको महिला र पुरुष क्रिकेट तर्फका खेलहरु आज पनि हुनेछ। पुरुष क्रिकेट वैजनाथपुर खेल मैदान तथा महिला क्रिकेट सुनसरीको इटहरी क्याम्पस मैदानमा हुनेछ। 

पुरुष फुटबलका खेलहरु धरानस्थि एन्फा टेक्निकल सेन्टरमा हुनेछ। हिजोबाट सुरु भएको खोखाले पनि आज निरन्ता पाउनेछ।

यसबाहके एथ्लेटिक्स भलिबल, कबड्डी, टेबल टेनिस, कराते, स्केटबोर्ड प्रदर्शनी खेल, बक्सिङका प्रतिस्पर्धा आजबाट सुरु हुँदैछ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell