PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

चोरी मुद्दामा फरार अभियुक्त १७ वर्षपछि समातिए



पहिलोपोस्ट

चोरी मुद्दामा फरार अभियुक्त १७ वर्षपछि समातिए

तुलसीपुर (दाङ) : चोरी मुद्दामा ९ वर्ष कैद र करिब रु एक लाख जरिवाना फैसला भएका फरार दोषीलाई १६ वर्षपछि दाङ प्रहरीले पक्राउ गरेको छ।
 
२०५७ असोज २ गते गोबरडिहा गाविस–५ का धनेश्वर अर्यालका घरमा चोरी गरेको ठहर गर्दै दाङ देउखुरी जिल्ला अदालतले गोबरडिया–५ पचाहवाका ३६ वर्षीय प्रकाश चौधरीलाई ९ वर्ष कैद र रु ९९ हजार ७२ जरिवाना फैसला गरेको थियो।
 
फरार व्यक्ति पक्राउ, गुण्डागर्दी तथा तस्करी नियन्त्रणको अभियान थालेको जिल्ला प्रहरी कार्यालय दाङले चौधरीलाई घरबाटै पक्राउ गरेर कारबाहीका लागि जिल्ला अदालतमा बुझाएको दाङका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell