PahiloPost

Apr 2, 2025 | १९ चैत्र २०८१

सार्वजनिक जग्गा मिचेर बनाइएका ३० पसल हटाइए, व्यवसायी भन्छन्- 'हाम्रो गाँस खोसियो'



पहिलोपोस्ट

रुकुम : सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका ३० गुम्टी (सडक किनारका ससाना काठका पसल) हटाइएको छ।
 
मुसिकोट नगरपालिका, खलङ्गा बजार क्षेत्रमा रहेका गुम्टीलाई नगरपालिकाले राजनीतिक दलको सहयोगमा हटाइएको कार्यकारी अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिए।
 
खलङ्गा बजार क्षेत्रअन्तर्गत सहिद मैदान, पुष्पलाल चोक, कालिका मन्दिर लगायत ठाउँमा त्यस्ता गुम्टी थिए। सार्वजनिक ठाउँमा बनाइएका पसलघरले बजार क्षेत्रको बाटो साँघुरो हुनाका साथै फोहर पनि बढ्न थालेको थियो।
 
गुम्टीमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गरिरहेकाहरुले भने आफूहरुलाई नगरपालिकाले आफूहरुको गाँस खोसिदिएको आरोप लगाएका छन्। खलङ्गा बजार क्षेत्रका सबै सडकमा ढलान गर्ने नगरपालिकाको योजना छ।रासस
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell