कैलाली : कैलालीको अत्तरियामा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालक कन्चनपुर गुलरिया-२ का २२ वर्षीय सुरेश भट्टको मृत्यु भएको छ।
से ४ प ५४०९ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका उनको उपचार क्रममा सेती अञ्चल अस्पताल धनगढीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेती कैलालीले जनाएको छ।
यस्तै, रौतहटको चन्द्रपुरमा हिजो बेलुकी ७ बजे ना ३६ प ३६०१ नम्बरको मोटरसाइकल र ना १ ह १५६३ नम्बरको रिक्सा आपसमा ठोकिदा ३ जना घाइते भएका छन्।
घाइते हुनेमा मोटरसाइकल चालक सर्लाही बरहथवाका २८ वर्षीय अरुण महत्तो, मोटरसाइकलमा पछाडि सवार रौतहट चन्द्रपुरका सुनिल चौधरी र रिक्सा चालक चन्द्रपुर १२ बेतौनाका रमेश पासवन रहेका छन्। घाइतेमध्ये महत्तोको अवस्था गम्भीर रहेको छ। सबैको चपुर अस्पतालमा उपचार भइरहेको छ।