PahiloPost

Apr 2, 2025 | १९ चैत्र २०८१

प्रधानमन्त्री भन्छन्- 'एमाले प्रस्तावअनुसारै संशोधन विधेयक आएको हो, विरोध किन?'



पहिलोपोस्ट

प्रधानमन्त्री भन्छन्- 'एमाले प्रस्तावअनुसारै संशोधन विधेयक आएको हो, विरोध किन?'

रुकुम : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ संविधान घोषणाका क्रममा केही कुरा छुटेकाले त्यसलाई पूरा गर्न सरकारले व्यवस्थापिका–संसद्मा संशोधन विधयेक दर्ता गराएको बताएका छन्।
 
मधेसी, मुस्लिम, थारु, जनजाति लगायत पछाडि पारिएका समुदायको अधिकारलाई सुनिश्चित गर्न विधेयक दर्ता गराउनुपरेको उनले स्पष्ट पारे। संविधान बन्नुभन्दा पहिले एमालेकै प्रस्तावअनुसारको विधेयक अहिले आफूले ल्याएकाले विरोधका लागि मात्र विरोध नगर्न उनले प्रमुख प्रतिपक्षी एमालेलाई आग्रह पनि गरेका छन्।
 
रुकुमको चुनवाङमा आज गुरिल्ला ट्रेलको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले संविधान कार्यान्वयन गर्न सबै दल एक ठाउँमा आउनुको विकल्प नरहेको बताए। सङ्घीय लोकतान्त्रिक संविधान कार्यन्वयन हुन नदिनका लागि विभिन्न तत्वहरु लागि परेको भन्दै उनले सबै आन्दोलनलाई छोडेर वार्ता र सहमतिबाट अगाडि बढ्नुपर्नेमा पनि जोड दिएका छन्।
 
संविधान कार्यान्वयन नभए अहिलेसम्मका सबै उपलब्धि गुम्ने खतरा रहेकाले सरकारले तोकिएकै समयमा तीनै तहको निर्वाचन गराएर छोड्ने प्रधानमन्त्री दाहालले दाबी गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell