PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

​सातौं राष्ट्रिय खेलकुदमा आर्मीका हरिकुमारले जिते पहिलो स्वर्ण



पहिलोपोस्ट

नेपाल आर्मीका हरिकुमार रिमालले सातौं राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण जितेका छन्। शनिबार बिहान इटहरीमा सम्पन्न पुरुष १५ सय मिटर दौडमा प्रथम हुँदै हरिले आर्मीलाई समेत पहिलो स्वर्ण दिलाए।

आर्मीकै छत्रहादुर दाहले दोस्रो हुँदै रजत जित्दा नेपाल पुलिसका करण खड्काले कास्य पदक जिते। 

यस्तै महिलातर्फको १५ सम मिटरमा पनि आर्मीकै सरस्वती भट्टराईले स्वर्ण पदक जितिन्। सरस्वती सातौं राष्ट्रिय महिलातर्फ स्वर्ण जित्ने पहिलो खेलाडी समेत बनेकी छिन्। यस्तै एपीएफकी फुलमती रानाले रजत तथा आर्मीकै लक्ष्मी पाण्डेले कास्य जितिन्।

हरि र सरस्वती दुवैले ब्राजिलको रियोमा भएको ओलम्पिक गेम्समा सहभागिता जनाएको थिए। जहाँ सरस्वती राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell