PahiloPost

Apr 2, 2025 | १९ चैत्र २०८१

​चौथो साफ च्याम्पियनसिप खेल्न नेपाली महिला टोली भारत प्रस्थान



पहिलोपोस्ट

​चौथो साफ च्याम्पियनसिप खेल्न नेपाली महिला टोली भारत प्रस्थान

काठमाडौं : चौथो साफ च्याम्पियनसिप खेल्ने नेपाली महिला टोली शनिबार भारतको सिलगुरी प्रस्थान गरेको छ। साफ च्याम्पियनसिप जित्ने लक्ष्य राखेको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले शनिबार बिहानै एन्फा कम्प्लेक्समा बिदाइ गरेका थिए।

आगामी सोमबारबाट सुरु हुने च्याम्पियनसिपको समूह ए मा रहेको नेपालले पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ। रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपाली टोलीमा यो पटक ७ नयाँ खेलाडी छन्। 

यस्तै पूर्व राष्ट्रिय फुटबल खेलाडी कुमार थापा टोलीको प्रशिक्षकमा छन् भने शिवानी थापा व्यवस्थापक छिन्। कुमार थापाले पहिलो पटक महिला टोलीको प्रशिक्षण सम्हालेका हुन्। उनकै प्रशिक्षणमा नेपालले गत साता भएको मलेसिया विरुद्धको मैत्रीपूर्ण खेल जितेको थियो। 

चौथो साफ च्यामिपयनसिपमा नेपाल रहेको समूह ए मा भुटानसँगै माल्दिभ्स र श्रीलंका पनि छन्। नेपालले बुधबार माल्दिभ्स र शुक्रबार श्रीलंकासँग खेल्नेछ। 

यस्तै समूह बी मा साविक विजेता भारत, बंगलादेश र अफगानिस्तान छन्। दुवै समूहको शीर्ष दुई स्थानमा रहेन टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।  फोटो : एन्फा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell