PahiloPost

Apr 2, 2025 | १९ चैत्र २०८१

​सातौं राष्ट्रिय खेलकुद : कराते खेलाडी पर्शुरामको 'ह्याट्रिक स्वर्ण'



पहिलोपोस्ट

सशस्त्र प्रहरी बल एपिएफका पर्शुराम बास्तोलाले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा करातेतर्फ स्वर्ण पदक प्राप्त गर्दै राष्ट्रिय खेलकुदमा ह्याट्रिक गर्न सफल भएका छन्।

विराटनगरस्थित शहिद रङ्गशालामा भएको कराते प्रतियोगिता अन्तर्गत पुरुष एकल कातामा बास्तोलाले नेपाली सेनाका डम्बर बहादुर आलेमगरलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन्।

उनले विस २०६५ मा काठमाण्डौंमा भएको पाँचौ र धनगढीमा २०६८ मा भएको छैठौं राष्ट्रिय खेलकुदमा समेत स्वर्ण पदक हात पारेका थिए।
ह्याट्रिक गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै उनले राष्ट्रिय खेलकुदमा लगातार तीन पटक विजयी भएकोमा निकै खुशी लागेको बताए।

प्रतियोगितामा सुदूरपश्चिमका ललित खत्री र मध्यमाञ्चलका सुमन पुलामी मगरले कास्य पदक प्राप्त गरे।

यस्तै महिलातर्फको एकल कातामा नेपाल प्रहरीकी निर्मला तामाङ्गले मध्यमाञ्चलकी अप्सरा मोक्तानलाई पाखा लगाउंदै स्वर्ण हात पारिन्। सशस्त्रकी सरिता श्रेष्ठ र सुदूरपश्चिमकी बर्षा साउदले कास्यमा चित्त बुझाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell