PahiloPost

Mar 31, 2025 | १७ चैत्र २०८१

​के पूर्वराजा ज्ञानेन्द्रले विप्लव र सिके राउत भेटे? गृहमन्त्री निधि यसो भन्छन्



पहिलोपोस्ट

​के पूर्वराजा ज्ञानेन्द्रले विप्लव र सिके राउत भेटे? गृहमन्त्री निधि यसो भन्छन्

काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले गणतन्त्र र संघीयताविरुद्ध प्रतिगमनकारीहरु र विध्वंसकारीहरुको मिलेमतो भएको खुलासा गरेका छन्। 

पहिलोपोस्टका लागि दिइएको विशेष अन्तर्वार्तामा गृहमन्त्री निधिले भने, 'गणतन्त्र र संघीयताको खिलाफमा प्रतिगमनकारीहरु र विध्वंसकारीहरुको कतै न कतै (मिलेमतो छ)।'  

(नेकपा माओवादीका नेत्रविक्रम चन्द) 'विप्लव' र सिके राउत सक्रिय छन्। उनीहरुको गतिविधिप्रति सरकारको तर्फबाट हामीले नजर राखिरहेका छौँ', उनले भने, 'कता कता उनीहरुसँग पनि भेटघाट भएको सुनिन्छ।' 

प्रष्ट शब्दमा बताउन नचाहे पनि उनले संकेत गरे, 'कसैकसैले भेटघाट गरेको सुनिन्छ। यो गम्भीर कुरा छ।' 

उनले तीन दलका शीर्ष नेता प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच केही समयअघि भएको छलफलमा पूर्व राजा ज्ञानेन्द्रले भारत, सिङ्गापुर हुँदै गरेको चीन भ्रमणका विषयमा पनि कुरा भएको जानकारी दिए। 
 
'सबै कुरा अहिले भन्न मिल्दैन' भन्दै उनले चीनमा ज्ञानेन्द्रले  सैनिक पदाधिकारीहरुसँग भेटेको,  सिङ्गापुर र भारतमा पनि भेटवार्ताहरु गरेको कुरा 'अखबारहरुमा आएको' बताए।  

'दलाई लामा चीनको विस्थापित शक्ति हो। उनलाई कसैले भेट्दा चीनलाई चिन्ता र सरोकारको विषय हुने, नेपालको विस्थापित शक्ति (पूर्वराजा) लाई चीन र भारतको नेता अथवा अरु कुनै मुलुकको नेताले भेट्दा नेपाललाई किन सरोकार नहुने?', शीर्ष नेताहरुको बैठकमा उठेको विषय बारे जानकारी दिँदै उनले भने, 'ओलीजीले भन्नुभयो, दिल्ली दूतावाससँग हामीले पनि सोध्नुपर्छ।'

उपप्रधानमन्त्री विमलेन्द्र निधिसँग किशोर नेपालको अन्तर्वार्ताको विस्तृत विवरण आइतबार पहिलोपोस्टमा प्रकाशन हुनेछ। 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell