PahiloPost

Mar 31, 2025 | १७ चैत्र २०८१

महिला फुटबलमा एपीएफ च्याम्पियन



पहिलोपोस्ट

महिला फुटबलमा एपीएफ च्याम्पियन

शसस्त्र प्रहरी बलको एपीएफले सातौँ खेलकुदअन्तर्गत महिला फुटबलमा च्याम्पियन बन्दै स्वर्ण जितेको छ।

सुनसरीको दुहवी रंगशालामा भएको विभागिय डर्बी भिडन्तमा एपीएफले नेपाल पुलिसलाई फाइनलमा ट्राइबेकरमा ४-२ ले पराजित गरेको हो। निर्धारित समयको खेलमा पुलिसले एपीएफलाई दबाबमा राखेपनि दुवैतर्फबाट गोल भने भएन। 

ट्राइबेकरमा एपीएफकातर्फबाट लक्ष्मी कुमारी पौडेल, मञ्जु डोङ, अनिता केसी  र सृजना चेमजोङले गोल गरे। एपीएफका तारा थिनले गरेको पेनाल्टी सुट पोलमा ठोक्एिर बाहिरिएको थियो।

पुलिसको तर्फबाट टीम क्याप्टेन धिम कुमारी गुरुङ र सृजना खड्काले मात्र गोल गर्न सके। अमृता जैसीले गरेको प्रहार पनि एपीएफकी गोलरक्षक रुपा राना मगरले रोक्न सफल भइन्। मगर फाइनल खेलको उत्कृष्ट खेलाडी पनि घोषित भइन्।

महिला फुटवल अन्तर्गत सर्वाधिक गोल गर्ने खेलाडी पुलिसकी  निरु थापा भइन्। उनले खेल अवधिभर ५ गोल गरेकी थिइन्। यस्तै आर्मीले मध्यमाञ्चललाई २-१ ले पराजित गर्दै  रजत कास्य पदक जितेको छ।

सातौँ खेलकुदको औपचारिक उद्घाटन शुक्रवार विराटनगरमा भएपनि पुस २ गते देखि नै महिला फुटबल शुरु भएको थियो। 

प्रतियोगितामा च्याम्पियन बन्दै स्वर्ण जितेको एपीएफ महिला टोलीका प्रत्येक खेलाडीलाई युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपालीले ७ हजार र स्वर्ण पदक प्रदान गरे।

प्रतियोगीतामा २ विभागिय टोलीसँगै पाँच विकास क्षेत्रका एक एक टीम गरि कुल ८ टीम सहभागी भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell