PahiloPost

May 15, 2025 | २ जेठ २०८२

​सटपुटमा चन्द्रकलाले जितिन् राष्ट्रिय कीर्तिमानसहित स्वर्ण



पहिलोपोस्ट

 ​सटपुटमा चन्द्रकलाले जितिन् राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्सअन्तर्गत महिला सटपुटमा नेपाल प्रहरी क्लबकी चन्द्रकला लामगादेले नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण जितेकी छिन्।

सुनसरीको इटहरी रंगशालामा शनिबार भएको महिला स्पर्धातर्फको सटपुटमा नेपाल प्रहरीकी चन्द्रकला लामगादेले आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान कायम गरेकी हुन्।
 
चन्द्रकलाले ११ दशमलब ५६ मिटर दुरी थ्रो फाल्दै नयाँ कीर्तिमान बनाएकी हुन्। यसअघि उनकै नाममा ११ दशमलब ४ मिटरको रेकर्ड थियो।

यस्तै नेपाल आर्मीकी अमृता महतोले १० दशमलब १२ मिटर थ्रो फाल्दै रजत पदक जितिन भने नेपाल प्रहरीकी बसन्ती चौधरीले ९ दशमलब ७५ मिटर थ्रो फाल्दै कास्य हात पारिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell