सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत झापामा सञ्चालन हुने पाँच वटा खेल शनिवारदेखि सूरु भएको छ। राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समितिको सहकार्यमा झापामा शनिवारदेखि बक्सिङ, आइटीएफ तेक्वादो, व्याटमिन्टन, जुडो र जिम्न्यास्टिक खेल सुरु भएको हो।
प्रतियोगिता अन्तर्गत झापाको धुलावारीमा सम्पन्न जुडो खेलमा विभिन्न उमेर समूहका ४ महिलासहित ९ खेलाडीले स्वर्ण प्राप्त गरेका छन्।
४८ केजी समूह महिलातर्फ नेपाल आर्मीकी रिता चौधरी, ५७ केजीतर्फ नेपाल आर्मीकै मनिता श्रेष्ठ प्रधान, ७० केजीतर्फ मध्यामञ्चलकी सुनिता मगर, ७८ केजीतर्फ सुदुर पश्चिमकी सुनिता बोहोराले स्वर्ण जित्न सफल भएकी छिन्।
यसैगरी ४८ केजी महिलातर्फ मध्यपश्चिमकी सारदा खत्री, ५७ केजीतर्फ मध्यमाञ्चलकी शर्मिला तामाङ, ७० केजीतर्फ मध्यमाञ्चलकी सम्झना चौधरी र ७८ केजीतर्फ नेपाल आर्मीकी आकृति जोशीले रजत जितेका छन्।
यसैगरी ४५ केजी पुरुष समूहतर्फ नेपाल आर्मीका सुबोद मण्डल, ५५ केजीतर्फ मध्यमाध्याञ्चलका किरण कडेल, ६६ केजीतर्फ मध्याञ्चलका इन्द्रहादुर श्रेष्ठ, ५१ केजीतर्फ मध्यामञ्चलका मोहन सुनुवार, १०० केजीतर्फ मध्यमाञ्चलका रविन श्रेष्ठले स्वर्ण जितेका छन्।
५५ केजीतर्फ नेपाल आर्मीका कर्म तामाङ, ६६ केजीतर्फ नेपाल पुलिसका टिकाराम चौधरी, ५१ केजीतर्फ नेपाल पुलिसका सन्तोष सुनार, १०० केजी उमेर समूहमा नेपाल आम्रीका शिवबहादुर बरामले रजत पदक प्राप्त गरेका छन्।
विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट र पूर्व खेलकुदमन्त्री पुरुषोतम पौडेलले पदक प्रदान गरेका थिए । आइतवार ५५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।