PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

​पुरुष फुटबल : पश्चिमाञ्चल र मध्यमाञ्चलको जित



पहिलोपोस्ट

​पुरुष फुटबल : पश्चिमाञ्चल र मध्यमाञ्चलको जित

सातौं खेलकुद अन्तर्गत पुरुष फुटबलमा शनिबार पश्चिमाञ्चल र मध्यमाञ्चलले जित हात पारेका छन्। धरान एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको पहिलो खेलमा पश्चिमाञ्चलले नेपाल पुलिस क्लबलाई ३-० गोलअन्तरले हरायो।

पश्चिमाञ्चलको लागि पहिलो हाफको २५ औं मिनेटमा विमल घर्ती मगरले पहिलो गोल गरे। बाँकी दुवै गोल दोस्रो हाफमा कप्तान अनिल गुरुङले गरेका थिए। दोस्रो हाफको ३० औं मिनेटमा अनिलले दोस्रो गोल गरे भने ४० औं मिनेटमा पेनाल्टी अवसरलाई सदुपयोग गर्दै तेस्रो गोल गरे। 

पुलिसका गोलकिपर रोशन खड्काले पश्चिमाञ्चलका विश्वास श्रेष्ठलाई डिबक्सभित्र फल गरेपछि रातो कार्ड पाउदै बाहिरिएपछि पश्चिमाञ्चलले पेनाल्टी अवसर पाएको थियो। गोलकिपरले रातो कार्ड पाएपछि पुलिसको गोलपोष्ट कप्तान भोला सिलवालले सम्होका थिए।

दोस्रो खेलमा मध्यामञ्चलले पुर्वाञ्चललाई १-० को गोलअन्तरले हरायो। दोस्रो हाफको २८ औ मिनेटमा दिनेश हेन्जनले गरेको गोल खेलको निर्णायक बन्यो। शनिबारको खेलपछि लिग चरणको दुवै खेलमा जित हात पारेको मध्यमाञ्चल कुल ६ अंकसाथ शीर्षस्थानमा छ भने एक खेलमा हार र एक खेल जितेको पश्चिमाञ्चल र नेपाल पुलिसको समान ३/३ अंक छ। 

आइतबार समुह ख अन्तर्गतको पहिलो खेल सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिमाञ्चलबीच हुनेछ भने दोस्रो खेलमा नेपाली सेनाले मध्यपश्चिमाञ्चल विरुद्ध प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell