PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

​आइटिएफ तेक्वान्दोमा अार्मीकी निस्मालाई स्वर्ण



पहिलोपोस्ट

सातौं राष्ट्रिय खेलकुद अन्तर्गत झापाको दमकमा भएको आइटिएफ तेक्वान्दोमा आर्मीकी निस्मा बस्यालले स्वर्ण पदक हात पारेकी छिन्। 

स्पाइरिङतर्फ ४१–४५ केजी तौलसमुहमा निस्माले फाइनलमा पश्चिमाञ्चलकी रिता अधिकारीलाई हराउदै स्वर्ण जितिन्। सोही तौल समुहमा मध्यमाञ्चलकी सोनी खड्का र सुपकी पुजा रावल तेस्रो भए। 

पुरुष ४५–५० केजीमा आर्मीका पुर्ण बहादुर मगर र पश्चिमाञ्चलका दिपक गौतम फाइनलमा प्रवेश गरेका छन्। सेमिफाइनलमा पुर्णले पुर्वाञ्चलका प्रभात कार्कीलाई तथा दिपकले मध्यमाञ्चलका सुनिल महत्तोलाई हराए। सेमीफाइनलमा पराजित कार्की र महत्तोले कास्य पदक हात पारे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell