PahiloPost

Apr 3, 2025 | २० चैत्र २०८१

प्रहरी कार्यालयमा आएको फोनको सूचना : श्रीमतीलाई मारे र विष खाएँ



पहिलोपोस्ट

प्रहरी कार्यालयमा आएको फोनको सूचना : श्रीमतीलाई मारे र विष खाएँ

भक्तपुर :शनिवार दिउस महानगरीय प्रहरी प्रभाव खरिपाटीमा फोन आयो । प्रहरीको ड्युटी अफिसरले फोन उठाए लगत्तै उताबाट आवाज आयो‘मैले श्रीमतीलाई मारे र विष पिँए ।’

फोनकर्ताको भनाई प्रहरीको लागी अप्रत्यासित थियो । फोन गर्ने ब्यक्ति बस्ने चाँगुनारायण नगरपालिका–३ छालिङ थापागाउँमा पुग्दा ज्योतिराज थापा छटपटाइ रहेको अवस्थामा भेटिए । उनलाई हतार हतार भक्तपुर अस्पताल पुर्याए पनि उनी जोगिएनन् ।

उनी बस्ने कोठामा धारिलो हतियार प्रहार गरी मारिएको महिलाको शब थियो । त्यो शब अरु कोहीको थिएन उनी ज्योतिराजको श्रीमती बुना थापाको थियो । 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंका अनुसार खुकुरी प्रहार गरी हत्या गरेपछि उनले प्रहरीलाई खवर गरेर आफूले श्रीमतीको हत्या गरेको र विष सेवन गरेको जानकारी गराएका थिए।

प्रहरीले बुनाको माइती पक्ष आएपछि साँझ मुचुल्का गरेर शव परीक्षणका लागि शिक्षण अस्पताल पठाएको छ । छोरीको विवाह भइसकेको र छोरा अस्टे«लिया रहेको थापा दम्पत्तिबीच घरायसी कारणबाट हत्या र आत्महत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेकोे प्रसाईंले जानकारी दिए।
रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell