PahiloPost

Dec 29, 2025 | १४ पुष २०८२

नाइजेरियाली सेनाले नियन्त्रणमा लियो बोको हराम प्रभावित क्षेत्र



पहिलोपोस्ट

नाइजेरियाली सेनाले नियन्त्रणमा लियो बोको हराम प्रभावित क्षेत्र

अबुजा (नाइजेरिया) : नाइजेरियाली सेनाले यहाँको आतङ्कवादी बोको हराम समूहको महत्वपूर्ण आश्रयस्थल मध्येको मुख्य सम्विसा जङ्गल क्षेत्रलाई शनिबार आफ्नो नियन्त्रणमा लिएको छ।
 
साम्विसा जङ्गल क्षेत्रमा बोको हरामले आफ्नो आश्रयस्थल बनाई मुलुकका विभिन्न ठाउँमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको उक्त इलाकालाई सरकारी सेनाले नियन्त्रणमा लिएको नाइजेरियाली राष्ट्रपति मुहम्मद बुहारीले बताए।
 
राष्ट्रपति बुहारीले उक्त एक हजार तीन सय वर्ग किलोमिटर जङ्गली क्षेत्रलाई सरकारी नियन्त्रणमा लिन सेनाले एक महिना पहिलेदेखि कारबाही थालेको बताए।
 
यो क्षेत्रलाई बोको हरामले निकै सुरक्षित अश्रयस्थलका रुपमा लिँदै आएको थियो।रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell