PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

पर्वत साहित्य संगमद्वारा पाँच स्रष्टा पुरस्कृत



पहिलोपोस्ट

पर्वत : पुरानो साहित्यिक संस्था पर्वत साहित्य सङ्गमले धौलागिरि अञ्चलमा जन्मेका पाँचजना सष्ट्रालाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
 
शनिबार सदरमुकाम कुश्माबजारमा आयोजित कार्यक्रममा बागलुङका भुपिन खड्का, म्याग्दीका भक्त कार्की, पर्वतका साधना प्रतीक्षा, सदानन्द जैसी अभागी र अमन पौडेल पुरस्कृत तथा सम्मानित भएका हुन्।
 
नेपाली भाषा, साहित्य तथा प्राज्ञिक क्षेत्रको उन्नयनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनीहरुलाई नगद १० हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरिएको हो।
 
सष्ट्राहरुलाई सम्मान गर्दै वरिष्ठ साहित्यकार प्राज्ञ तीर्थ श्रेष्ठले नेपाली कलासाहित्यको विकासमा राज्यले अग्रणी भूमिका खेल्नुपर्ने बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell