PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

पौडी खेल्न साथीहरुसँग गएका दुई किशोर बेपत्ता



पहिलोपोस्ट

रत्ननगर : चितवनका दुई छुट्टाछुट्टै स्थानमा पौडी खेल्न गएका दुई किशोर नदीमा डुबेर बेपत्ता भएका छन्।
 
शनिबार बिदाको दिन पौडी खेल्ने क्रममा पूर्वी चितवनको राप्ती नदीमा र कविलासस्थित नारायणी नदीमा डुबेर उनीहरु बेपत्ता भएका हुन्।
 
खैरहनी नगरपालिका बस्ने १८ वर्षीय प्रवीण रोइला राप्ती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।
 
आठ जना विद्यार्थी सामूहिक रुपमा पौडी खेल्न गएका थिए। सुरुमा नदीमा हाम्फाल्ने बित्तिकै प्रवीण डुबेपछि अरु नदीमा पस्न नभ्याएकाले सकुशल रहेको स्थानीयवासी ईश्वरी पाठकले जानकारी दिए।
 
यस्तै कविलास–१ जुगेडीस्थित नारायणी नदीमा नुहाउन गएका नमस्ते नेपाल होटल जुगेडीमा काम गर्ने १९ वर्षीय इमान लामा पनि डुबेर बेपत्ता भएको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell