PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

अज्ञात समूहले विद्यालयमा गर्‍यो आगजनी, महत्त्वपूर्ण सामग्री नष्ट



पहिलोपोस्ट

अज्ञात समूहले विद्यालयमा गर्‍यो आगजनी, महत्त्वपूर्ण सामग्री नष्ट

फलेवास (पर्वत) : दक्षिण पर्वतको शालिग्राम गाविसस्थित सेतीवेणी बजारमा रहेको शालिग्राम माविमा अज्ञात व्यक्तिको समूहले गएराति आगजनी गरेका छन्।
 
राति १२ बजेको समयमा विद्यालयमा आगजनी गरिएको हो। आगजनीबाट विद्यालयका महत्वपूर्ण कागजात र लाखौँ मूल्यका फर्निचर नष्ट भएका छन्। सेतीबेनी बजारका रेशम न्यौपानेको पसलमा प्रवेश गरी चोरीको प्रयास गर्दा स्थानीयवासीले थाहा पाएपछि विद्यालयमा पुगेको उक्त चोरको समूहले नै आगजनी गरेर भागेको स्थानीय प्रहरी चौकीले जनाएको छ।
 
आगलागीबाट २०२८ देखि २०६० साल सम्मका महत्वपूर्ण आर्थिक तथा अन्य कागजात जलेर नष्ट भएको स्थानीयवासी प्रेम भुसालले जानकारी दिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell