PahiloPost

Apr 3, 2025 | २० चैत्र २०८१

नेपालमा गिर्जाघरको संख्या ८ हजार ५ सय, आज क्रिसमस पर्व मनाइँदै



पहिलोपोस्ट

नेपालमा गिर्जाघरको संख्या ८ हजार ५ सय, आज क्रिसमस पर्व मनाइँदै

काठमाडौँ : क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव २५ डिसेम्बरका दिन देशभरका गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
 
दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो। कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो। मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए।
 
आम मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैँ क्रसमा चढेको उनका अनुयायीको भनाइ छ। येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ। उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ।
 
नेपालमा ४ सय वर्ष अघिदेखि क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रीष्टियन महासङ्घका अध्यक्ष सिवी गहतराजले जानकारी दिए। 'हाल नेपालमा ८ हजार ५ सय गिर्जाघर र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी छन्,' उनले भने, '२०६४ सालअघि चर्चमा मात्र सीमित हुने गरेको क्रिसमस हाल सार्वजनिक स्थलमा पनि मनाइन्छ।'
 
क्रिसमसका उपलक्ष्यमा काठमाडौँको ठमेल, ललितपुर, भक्तपुर, पोखरालगायतका स्थलमा विशेष महोत्सव हुने गरेको छ। ‘क्रिसमस ट्री’ लगायतका सजावटले बजार र ठूला व्यापारिक स्थलमा आकर्षण थपिने गर्छ। यो पर्व मनाउन सरकारले २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिँदै आएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell