PahiloPost

Apr 3, 2025 | २० चैत्र २०८१

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते



पहिलोपोस्ट

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

काठमाडौं : मोरङको कोशी हरैचामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
 
को ८ प ७६४ र को २ प १८०८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा ७६४ नम्बरको मोटरसाइकल चालक ५० वर्षीय लोकनाथ दाहालको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य दुई जना सामान्य घाइते छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
 
उता, कैलालीको अत्तरियामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
 
राति करिब १२ बजेको समयमा गोदावरी तर्फबाट तीव्र गतिमा आएको से ४ प ५४०९ नं को मोटरसाइकल अत्तरिया चौराहामा रहेको पार्कको रेलिङमा ठोक्किँदा सो दुर्घटना भएको हो। घटनामा चालक कञ्चनपुर कृष्णनगरपालिका–२ बस्ने २२ वर्षीय सुरेश भट्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell