PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

सरकारले संशोधन प्रस्ताव फिर्ता लिन सक्दैन भने स्थगन गरोस् : नेता पोखरेल



पहिलोपोस्ट

सरकारले संशोधन प्रस्ताव फिर्ता लिन सक्दैन भने स्थगन गरोस् : नेता पोखरेल

बाग्लुङ : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संसद्मा दर्ता भएको संशोधन प्रस्ताव स्थगन गर्नुपर्ने बताएका छन्।
 
प्रेस चौतारी नेपाल बाग्लुङ शाखाले आज आयोजना गरेको पत्रकार भेटघाटमा नेता पोखरेलले संविधान संशोधन अहिलेको आवश्यकता नभएको बताए। 'सरकारले संशोधन प्रस्ताव फिर्ता लिन नसक्ने हो भने स्थगन गरोस्,' उनको भनाइ थियो।
 
अहिलेको संशोधन प्रस्ताव राष्ट्रिय हितको प्रतिकूल रहेको जिकिर गर्दै उनले संविधान संशोधनको विपक्षमा एमाले नरहेको तर अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुन सक्ने बताए। संशोधन प्रस्तावमा ल्याइएका भाषा, नागरिकता, प्रतिनिधित्व र सीमा हेरफेरसम्बन्धी बुँदामा एमाले सहमत हुन नसक्ने उनको भनाइ छ।
 
'प्रदेशको सीमा हेरफेर हुन सक्छ तर संवैधानिक व्यवस्था अनुसार हुनुपर्छ,' नेता पोखरेलले भने, 'प्रदेशसभालाई मात्र त्यो अधिकार छ, संविधानको धारा २७४ मा त्यो स्पष्ट किटान गरिएको छ।'
 
संशोधन प्रस्तावमा छलफल समेत हुन नदिइने बताउँदै नेता पोखरेलले सरकारलाई निर्वाचनको तयारीमा लाग्न आग्रह गरे।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell