PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

मन्त्री केसी भन्छन्- 'पुस २७ गते पनि सार्वजनिक बिदा दिइनुपर्छ'



पहिलोपोस्ट

मन्त्री केसी भन्छन्- 'पुस २७ गते पनि सार्वजनिक बिदा दिइनुपर्छ'

चितवन : सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले क्रिसमसमा सार्वजनिक बिदा दिएझैं पुस २७ गते राष्ट्रिय एकता दिवसमा पनि बिदा दिइनुपर्ने जिकिर गरेका छन्।
 
नेपाल प्रेस युनियन चितवनले भरतपुरमा निर्माण गर्दै गरेको भवनको आज निरीक्षणपछि पत्रकार सम्मेलनमा उनले यसका लागि आफ्नो निरन्तर जोड रहने बताए।
 
संसद्मा पेस भएको संविधान संशोधन प्रस्तावबारे बोल्दै उनले फिर्ता नहुने पनि बताएका छन्। 'फिर्ता लिन सम्भव छैन, तर विपक्षीलाई असफल बनाउने अधिकार छ,' उनले भने। संसदीय प्रक्रिया रोकिँदा स्थानीयदेखि संसदीयसम्मका निर्वाचन गराउन निर्माण गर्नैपर्ने ५० जति विधेयकमाथि छलफल रोकिएको उनले बताए।
 
ठूला तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा एकै ठाउँमा बसेर अहिलेको समस्याको समाधान निकाल्नुपर्ने बताउँदै उनले संविधान कार्यान्वयनका लागि सबै दल एकै ठाउँमा उभिनाको विकल्प नरहेकोमा जोड दिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell