PahiloPost

Apr 3, 2025 | २० चैत्र २०८१

'गोयाङको सुगन्ध'का लागि अर्जुन खालिङलाई मरणोपरान्त पहिचान पुरस्कार



पहिलोपोस्ट

'गोयाङको सुगन्ध'का लागि अर्जुन खालिङलाई मरणोपरान्त पहिचान पुरस्कार

काठमाडौं : अर्जुन खालिङको कविताकृति 'गोयाङको सुगन्ध'का लागि मरणोपरान्त पहिचान पुरस्कार प्रदान गरिने भएको भएको छ।
 
२ लाख २ हजार २ रुपैयाँ राशीको सो पुरस्कार खालिङको कृतिका लागि प्रदान गर्ने पहिचान पुरस्कार कोषले निर्णय गरेको हो। नेपाली साहित्य, संस्कृति र कलामा पहिचानको मुद्दा उठाइएका कृतिका लागि सन् २०१५ मा ‘पहिचान पुरस्कार’ को घोषणा गरिएको थियो।
 
कवितासँगै चित्रकलामा लागेका खालिङले गत मंसिर २९ मा आत्महत्या गरेका थिए। उनी सांस्कृतिक अभियानमा पनि उत्तिकै सक्रिय थिए।
 
सोलुखुम्बुको जुभिङ गाविसमा २०३३ साल भदौ २५ गते जन्मिएका खालिङले स्नातक तह फाइन–आर्टतर्फ २०५८ मा गोल्डमेडल पाएका थिए। ‘सूर्य डढिरहेछ निरन्तर’ र ‘गोयाङको सुगन्ध’ उनका कविताकृति हुन्। चिण्डो बुक्स, चिण्डो फेशनका प्रमुख र किरात राई लेखक संघको अध्यक्षको कार्यभार पनि उनले सम्हालेका थिए।
 
उनले पछिल्लो समय मुन्दुमी कथाका पात्र हेत्छाकुप्पा/ रैछाकुले/खाक्चिलीपाको चित्र तयार गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell