PahiloPost

Apr 3, 2025 | २० चैत्र २०८१

सवारी लाइसेन्सका लागि यसरी भर्नुस् अनलाइन फाराम



पहिलोपोस्ट

सवारी लाइसेन्सका लागि यसरी भर्नुस् अनलाइन फाराम

काठमाडौँ : सवारी चालक अनुमति पत्र (लाइसेन्स) फाराम आइतबारदेखि अनलाइनबाट थालनी सुरु गर्ने खबर तपाईंले थाहा पाउनुभयो होला। लाइसेन्सका लागि अनलाइन आवेदन कसरी दिने? अन्योलमा हुनुहुन्छ? चिन्ता नलिनुस्, यहाँ सजिलो उपाय छ।

यातायात व्यवस्था विभागको बेवसाइटमा राखिएको सूचना अनुसार हाललाई दुई पाङ्ग्रे सवारी साधनको वर्ग ए (मोटरसाइकल) र वर्ग के (स्कूटर, मोपेड) का लागि मात्रै दरखास्त दिन सकिन्छ। चारपाङ्ग्रे सवारी साधनको दर्ता अनलाइनबाट नहुने विभागले जनाएको छ।
 
ए र के वर्गमा आवेदन पनि दिनमा ५ सय जनाको मात्र स्वीकार गरिने व्यवस्था गरिएको विभागले बताएको छ। यस अनुसार अब अनलाइनमा पनि जसले पहिला दर्ता गर्‍यो उसको मात्र आवेदन स्वीकार हुनेछ।
 
www.dotm.gov.np मा गएर फाराम भर्न सकिन्छ। अनलाइनमा फाराम भरेर पठाएपछि दर्ता नम्बर र कार्यालयमा सम्पर्क राख्न जाने समय अनलाइनबाटै दिइने विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए।

अनलाइन आवेदनका लागि यस्तो प्रक्रिया अपनाउनुहोस्-
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell