विराटनगर : सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत सेपाकताक्रो खेलमा नेपाली सेनाले आज स्वर्ण पदक जितेको छ।
धरानस्थित डिपो माविको खेल मैदानमा आज सम्पन्न सेपाकताक्रोको रेगो इभेन्टको फाइनलमा सेनाले पश्चिमाञ्चललाई २१– १६ र २२–२० को सोझो सेटमा पराजित गर्दै सेनाले स्वर्ण पदक हात पारेको हो।
यसअघि सेना सेमिफाइनलमा सुदूरपश्चिमाञ्चललाई २१–९ र २१–१७ मा लगातार हराउँदै सेना फाइलनमा पुगेको थियो।
सेनासँग फाइनलमा सोझो सेटमा पराजित पश्चिमाञ्चलले रजत पदक प्राप्त गरेको छ। आजै भएको खेलमा सुदूरपश्चिमाञ्चललाई २४–२२ र २१–१८ मा लगातार पराजित गर्दै मध्यमाञ्चलले कास्य पदक पाएको छ।