PahiloPost

Apr 3, 2025 | २० चैत्र २०८१

वैकल्पिक उपाय नभएपछि निजी शिक्षकलाई तलब-भत्ता खुवाउन माछा र कुखुरा पालन



पहिलोपोस्ट

जाजरकोट : विद्यालय सञ्चालनका लागि नियुक्त गरिएका निजी शिक्षकलाई तलब खुवाउन यहाँको एक विद्यालयले माछा र कुखुरा पालन व्यवसाय गरेको छ।
 
जिल्लाको सिमा गाविस–२ मा रहेको सरस्वती आधारभूत विद्यालय नेपा लैकडामा सो व्यवसाय सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रकाश अधिकारीले जानकारी दिए।
 
विद्यालयमा छ जना शिक्षक निजीस्तरबाट राखिएको र तिनलाई तलब, भत्ता खुवाउन र विद्यालयको स्तरोन्नति गर्न व्यावसायिक कार्य गरिएको अधिकारीको भनाइ छ। विद्यालय सञ्चालन गर्न अन्य वैकल्पिक उपाय नहुँदा विद्यालय व्यवस्थापन समितिको पहलमा दुई हजार ५०० माछाका भुरा र एक हजार कुखुरा पालन गरिएको हो।
 
विसं २०२४ मा स्थापना भएको यो विद्यालय अब आधारभूत तहबाट माविसम्मको कक्षा सञ्चालनको तयारीमा छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell