PahiloPost

Apr 2, 2025 | १९ चैत्र २०८१

महँगो डिमान्ड पूरा हुने भएपछि दुई वर्षा अब एकै पर्दामा



पहिलोपोस्ट

महँगो डिमान्ड पूरा हुने भएपछि दुई वर्षा अब एकै पर्दामा

काठमाडौं : नाम एउटै र अनुहार उस्तै देखिनुका कारण दर्शक झुक्कने दुई अभिनेत्री हुन्- वर्षा राउत र वर्षा शिवाकोटी। यी दुवै कलाकार अब एउटै पर्दामा देखिने भएका छन्।
 
फिल्म 'मेरो पैसा खोइ?' को फाइनल लाइनअप लिस्टमा यी दुई अभिनेत्रीको नाम फाइनल भएको हो।
 
भारतीय फिल्म 'भूतनाथ'का निर्देशक विवेक शर्माको निर्देशनमा बन्न लागेको 'मेरो पैसा खोइ?'को टिम लिड अभिनेत्रीको खोजीमा थियो। वर्षा शिवाकोटी र सौगात मल्ल मुख्य भूमिकामा रहेको खबर केही दिनअघि नै सार्वजनिक भए पनि वर्षाको अनुबन्धन ढिला भएको हो। फिल्ममा यी तीन मुख्य कलाकारसँगै नेपाली कलाकार रोविन तामाङ, बुद्धि तामाङ, कमलमणि नेपालको अभिनय रहनेछ। त्यस्तै भारतीय कलाकार जुही चावला र राजपाल यादवको विशेष भूमिका निर्माण पक्षले जनाएको छ।
 
फिल्मलाई रोज राणाले निर्माण गर्न लागेका हुन्। युनिटले वर्षा राउतलाई सुरुमै लिड रोलको लागि अफर गरेको थियो। वर्षाले पारिश्रमिक धेरै मागेपछि युनिट नयाँ अभिनेत्रीको खोजीमा लागेको थियो।
 
अहिले भने पुन: वर्षा राउतले नै किन गरिन् टिमअप?

किनकि वर्षाको महँगो पारिश्रमिकको डिमान्ड पनि अब निर्माण युनिटले पूरा गर्ने भएको छ। युनिटले वर्षाले मागेको रकम कति हो? त्यो चाहिँ खुलाउन चाहेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell