PahiloPost

Dec 31, 2024 | १६ पुष २०८१

​ओलीले सोधे – के म राजा बन्न खोजेको छु? कसैले मलाई बनाउन खोजेको छ?



मनोज सत्याल

​ओलीले सोधे – के म राजा बन्न खोजेको छु? कसैले मलाई बनाउन खोजेको छ?

काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले उत्तेजना फैलाइरहेको आरोप लगाउँदै अप्रिय अवस्था नआओस् भनेर सचेत रहनका लागि आग्रह गरेका छन्। 

एमाले संसदीय दलमा आयोजित नौ वटा दलको प्रतिपक्षी गठबन्धनको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई महेन्द्रीय पथमा लागेको आरोपबारे पनि प्रष्ट्याए।  

ओलीले भने - हल्ला चलाएका छन्। हिजो पनि एक जनाले सोधे - महेन्द्रीय पथमा तपाँइ हिँड्नु भएको छ भन्छन् नि?

मैले भने  - को महेन्द्र? राजा महेन्द्र?

अँ

मैले भनेँ – म राजा हुन त खोजेको छैन। मलाइ कसैले राजा बनाउन पनि खोजेको छैन। महेन्द्रीय पथ भनेको के? भन्ने आलोचना गर्नेले पनि राजा बनाउनुपर्छ भनेको होइन होला। के हो महेन्द्रीय पथ?

उनले आफूलाइ महेन्द्रीय पथसँग जोडेर 'विषयलाइ विषयान्तर गर्न र लोकतान्त्रिक आन्दोलन, माग र जनताका आकांक्षाहरुलाइ तानाशाहसँग लगगेर मिसाइदिएर देशलाइ अलग ढंगले प्रस्तुत गर्ने षड्यन्त्रमा लागिएको' बताए। 

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड” लाई ठूलो हेलिकप्टर चढेर, एक डफ्फा मान्छे बोकेर, खल्तीमा कैँची र सलाई हालेर हिँडिरहेको भन्दै व्यङ्ग्य गरे। 
 

प्रधानमन्त्री हुने बित्तिकै पुष्पकमल दाहाल प्रचण्डले भन्नु भएको थियो - म रिबन काटेर हिड्दिन। उद्घाटन गर्दिन। अहिले उहाँ ठूलो हेलिकप्टरमा एक झुण्ड मान्छे बोकेर कैँची र सलाइ खल्तीमा हालेर कुद्नु भएको छ। पहिले उद्घाटनमा समय खर्च गर्दिन फाल्दिन भन्नु भएको थियो अहिले के जगाउनु भएको? उहाँले फेरी लाइरहनु भएको छ जगाइरहनु भएको छ। 

प्रचण्डको कटु आलोचना गर्ने क्रममा उनले भने, ‘उहाँ तानाशाही व्यवस्थाको प्रधानमन्त्री भन्दा चर्को बोलिरहनुभएको छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell