PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

​सातौं राष्ट्रिय खेलकुदमा चन्द्रकलाको दोस्रो राष्ट्रिय कीर्तिमान, ज्याभलिन थ्रोमा पनि जितिन् स्वर्ण



पहिलोपोस्ट

​सातौं राष्ट्रिय खेलकुदमा चन्द्रकलाको दोस्रो राष्ट्रिय कीर्तिमान, ज्याभलिन थ्रोमा पनि जितिन् स्वर्ण

इटहरी : सातौं राष्ट्रिय खेलकुदमा चन्द्रकला लामगादेले दुई राष्ट्रिय कीर्तिमानसहित लगातार दुई स्वर्ण जितेकी छिन्। दोस्रो दिन सटपुटमा नयाँ कीर्तिमानसहित स्वर्ण जितेकी चन्द्रकलाले तेस्रो दिन ज्याभलिन थ्रो मा पनि नयाँ कीर्तिमान् कायम गर्दै स्वर्ण जितिन्। 

इटहरी रंगशालमा आइतबार भएको ज्याभलिन थ्रो को स्पर्धामा नेपाल पुलिसकी चन्द्रकलाले ४३.९४ मिटर थ्रो गर्दै आफ्नै कीर्तिमान तोड्दै स्वर्ण जितिन्। सटपुटमा पनि उनले आफ्नै कीर्तिमान तोडेकी थिइन्। 

यसअघि उनकै नाममा ४३.९० मिटर दुरीको कीर्तिमान थियो। पूवाञ्चलमा जारी सातौं बुहत खेलमा लगातार दुई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्ने चन्द्रकला पहिलो खेलाडी समेत बनेकी छिन्।

ज्याभलिन थ्रो मा आर्मीकी लक्की चौधरीले ३९.९९ मिटर दुरी थ्रो गर्दै रजत तथा एपीएफकी सिमा थारुले ३९.२७ मिटर दुरी थ्रो गर्दै कास्य जितिन्।

पुरुष ज्याभलिनमा आर्मीका रामबहादुर कुमाल पहिलो भए। उनले ५६.८८ मिटर थ्रो गरे। प्रहरीका नरेन्द्रजंग शाही (५३.४० मिटर) दोश्रो र एपीएफका प्रेमप्रकाश खड्का (५१.६७ मिटर) तेश्रो भए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell