PahiloPost

Apr 2, 2025 | १९ चैत्र २०८१

​पारस खड्काको शतक, एपीएफले सुदूरपश्चिमलाई १४४ रनले हरायो



पहिलोपोस्ट

​पारस खड्काको शतक, एपीएफले सुदूरपश्चिमलाई १४४ रनले हरायो

विराटनगर : कप्तान पारस खड्काले सातौं राष्ट्रिय खेलकुदमा पहिलो शतक प्रहार गरेको खेलमा एपीएफले सुदूर पश्चिमाञ्चललाई १४४ रनको फराकिलो अनतरले पराजित गरेको छ। समूह ए मा एपीएफको यो दोस्रो जित हो। 

वैजनाथपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले पारसको शतक मद्वतमा २० ओभर खेल्दै ४ विकेटको क्षतीमा २ सय रन बनाएको थियो। ४३ बल खेलेका पारसले ९ चौका र ८ छक्काको मद्वतमा नटआउट १०५ रन बनाए। यस्तै सुवास खकुरेलले ५१ बलमा ६४ रन प्रहार गरे। ४९ रन हुँदा ४ विकेट गुमाएको अवस्थामा पारस र सुवासले शतकिय साझेदारी गर्दै उच्च स्कोर खडा गरेका थिए। बलिङतर्फ सुदूरपश्चिमा दिनेश अग्रीले ३ विकेट लिए। 

२०१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर ५६ रन मात्र बनायन सक्यो। सुदूरपश्चिमका  दिपक मल्ले २१ तथा मज्नु दमाइले १५ रन बनाउनु बाहेक अनय खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। सुदूरपश्चिमलाई कम स्कोरमा रोक्न एपीएफका बसन्त रेग्मीले ३ विकेट लिए भने भुवन कार्की र करण केसीले समान १ विकेट हात पारे।

सुदूरपश्चिमको यो लगातार दोस्रो हार होर सुप पहिलो खेलमा नेपाल आर्मीसँग ८७ रनले पराजित भएको थियो।

यता समूह बी मा रसिद खानले ५ विकेट लिएपनि मध्यमाञ्चल पश्चिमाञ्चलसँग ६ रनले पराजित भएको छ। समूह चरणमा पश्चिमाञ्चलको यो पहिलो जित हो भने मध्यमाञ्चलको पहिलो हार हो। 

१२८ रनको लक्ष्य पछ्याएको मध्यमाञ्चलले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२१ रन मात्र बनाउन सक्यो। मध्यमाञ्चलका लागि जितेन्द्र ठकुरीले नटआउट रहादै ४४ रन बनाएपनि जित दिलाउन सकेनन्। २९ बल खेलेका उनले समान २ चौका र छक्का प्रहार गरे। यसबाहेक मध्यमाञ्चलका हसिम अन्सारीले २१ तथा भुपेन्द्र थापाले १८ रन बनाए। बलिङतर्फ पश्चिमाञ्चलका लाल अधिकारी र दिपेश खत्रीले समान २ विकेट लिए। 

यसअघि वैजनाथपुरमा टस जितेर पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलले दिपेश खत्रीको अर्धशतकको मद्वतमा ६ विकेट गुमाउँदै १२७ रन बनाएको थियो। ४७ बल खेलेका दिपेशले ३ चौका र २ छक्काको मद्वतमा ५३ रन बनाए। यस्तै शंकर रानाले ४७ बलमा ४ चौकाको मद्वतमा ४८ रन बनाए। यसबाहेक कृष्ण कार्कीले १० रन जोडे भने अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। बलिङतर्फ मध्यमाञ्चलका रसिद खान एक्लैले ५ विकेट लिए।
(फोटो : रमन शिवाकोटी)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell