PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

सातौं राष्ट्रिय खेलकुद : जुडो खेल्ने क्रममा दुई खेलाडी घाइते



पहिलोपोस्ट

झापा : सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत आज भएको खेलमा जुडोका दुई खेलाडी घाइते भएका छन्। धुलाबारीस्थित पासाङल्हामु हलमा खेल्ने क्रममा सुदूरपश्चिमका खेलाडी घाइते भएका हुन्।

घाइते हुनेमा कम्मानसिंह विष्ट र शेखा श्रेष्ठ रहेका छन्। विष्ट ५५ किलोमुनि तौल तथा श्रेष्ठ ६३ किलोमुनि तौलमा भिड्ने क्रममा घाइते भएका हुन्।

विष्टको घुँडामा तथा श्रेष्ठको छातीमा चोट लागेको छ। दुबै खेलाडी कैलालीका हुन्। घाइते दुबैको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ।

उनीहरुको अवस्था खतरामुक्त रहेको सो अस्पतालका चिकित्सक डा निराजन प्रसाईले जानकारी दिए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell