PahiloPost

Apr 2, 2025 | १९ चैत्र २०८१

​सातौं राष्ट्रिय खेलकुद : कान्छीमाया र गोपीचन्द्रलाई स्वर्ण



पहिलोपोस्ट

​सातौं राष्ट्रिय खेलकुद : कान्छीमाया र गोपीचन्द्रलाई स्वर्ण

सातौं राष्ट्रिय खेकलुद अन्तर्गत ५ हजार मिटर दौडमा कान्छिमाया कोजु र गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन्।  

पुरुषको ५ हजार मिटर दौडमा एपीएफका गोपीचन्द्र पार्कीले निर्धारित दूरी १५ मिनेट २६.१० सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते। १२ औं सागका कास्यधारी एवं ओलम्पियन हरिकुमार रिमालले भने रजतमै चित्त बुझाए। आर्मीका हरिले १५ मिनेट २६.६० सकेन्डमा दूरी पुरा गरे। सातौं राष्ट्रिय खेलकुदको म्याराथनका स्वर्ण विजेता प्रहरीका भूमिराज राई १५ मिनेट ३०.४ सेकेन्डसहित तेश्रो भए। 

यता महिलातर्फ एपीएफकी कान्छीमायाले १८ मिनेट १३.४ सेकेन्डमा दुरी पुरा गरिन्। आर्मीकी सानुमाया कार्कीले १८ मिनेट ३३.३९ सेकेन्डमा दुरी पुरा गर्दै रजत  तथा आर्मीकै विश्वरुपा बुढाले १८ मिनेट ३७.०४ सेकेन्डसहित कास्य जितिन्।

पुरुष लङजम्पमा आर्मीका डिल्ली खत्रीले स्वर्ण जिते। उनले ६.९१ मिटर हाम्फाले। प्रहरीद्वय गोपाल चौधरीले रजत र चन्द्रदेव जोशीले कांस्य हात पारे। गोपालले ६.५९ मिटर र चन्द्रले ६.३८ मिटर हाम्फाले। 

सोही स्पर्धाको महिलामा ५.०५ मिटरसाथ प्रहरीकी केशरी चौधरीले स्वर्ण जितिन्। आर्मीकी कृष्णा चौधरीले ४.९४ मिटर हामफालदै रजत  तथा एपीएफकी शिला चौधरीले ४.८४ मिटरसहित कास्य जितिन्।

पुरुष हर्डल्स (बाधा दौड) ११० मिटरमा आर्मीका विशेष महतो पहिलो भए। उनले निर्धारित दूरी १५.८५ सेकेन्डमा पुरा गरे। १६.५४ सेकेन्डसाथ रामप्रसाद थारु दोश्रो तथा १७.४३ सेकेन्डसाथ प्रहरीका चन्द्रदेव जोशी तेश्रो बने।

महिला १ सय मिटर बाधा दौडमा एपीएफकी सविता चौधरी पहिलो भइन्। सविताले १६.९५ सेकेन्ड समय लगाइन्। मध्यमाञ्चलकी प्रमिला थारु (१७ सेकेन्ड) दोश्रो र प्रहरीकी केशरी चौधरी (१७.१० सेकेन्ड) तेश्रो भए।

महिलाको ४ गुणा ४ सय मिटर रिलेमा आर्मी पहिलो, एपीएफ दोश्रो र मध्यपश्चिमाञ्चल तेश्रो भए। त्यसै स्पर्धाको पुरुषमा आर्मी, एपीएफ र मध्यमाञ्चल क्रमशः शीर्ष तीन स्थानमा रहे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell