PahiloPost

Apr 2, 2025 | १९ चैत्र २०८१

आइटिएफ तेक्वान्दोमा आर्मीलाई आठ स्वर्ण



पहिलोपोस्ट

झापा : सातौँ राष्ट्रिय खेलकुदअन्र्तगत झापाको दमकमा भएको आइटिएफ तेक्वान्दोमा नेपाल आर्मीले स्वर्ण पदकमा वर्चस्व कायम गरेको छ। दमकस्थीत  रेडक्रम भवनमा भएको खेलमा आर्मीले आठ स्वर्ण जितेको नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाले बताए। आर्मीले एक स्पाइरिङमा दुई स्वर्ण र प्याट्रनमा ६ स्वर्ण हात पारेको हो। 

स्पाइरिङमा पुरुषको ४५–५० तौलसमुहमा आर्मीका पुर्ण बहादुर मगरले स्वर्ण, पश्चिमाञ्चलका दिपक गौतम रजत तथा पुर्वाञ्चलका प्रभात कार्की र मध्यमाञ्चलका सुनिल महत्तोले कास्य पदक हात पारे। 

पुरुष स्पाइरिङकै ५१–५५ केजी तौलसमुह अन्तर्गत एपीएफका योगेन्द्र धिमालले स्वर्ण, पश्चिमाञ्चलका विकल्प पौडेलले रजत तथा मध्यमाञ्चलका तारा तामाङ र मध्यपश्चिमाका हिमाल लामाले कास्य पदक हात पारे।

फाइटतर्फनै महिलाको ४१–४५ केजीमा आर्मीकी निस्मा बस्यालले स्वर्ण, पश्चिमाञ्चलकी रिता अधिकारीले रजत तथा सुपकी पुजा रावल र मध्यमाञ्चलकी सोनी खड्काले कास्य जितिन्।

प्याट्रनको महिलातर्फ निलो पेटिमा आर्मीकी उसना श्रेष्ठले स्वर्ण र मध्यमाञ्चलकी जिजिबिसा थापा मगरले रजत, रातो पेटिमा आर्मीकी कल्पना राईले स्वर्ण र एपीएफकी सञ्चिताले रजत तथा कालो पेटिमा मध्यमाञ्चलकी रञ्जु पुलामी मगरले स्वर्ण र पश्चिमाञ्चलकी आयुषा कार्कीले रजत हात पारे। 

महिलाकै कालो पेटि दोस्रो डानमा नेपाल आर्मीकी आस्मा श्रेष्ठले स्वर्ण र मध्यमाञ्चलकी पुजा खुलाल मगरले रजत तथा तेस्रो डानमा आर्मीकी तुलसा राजथलाले स्वर्ण र पश्चिमाञ्चलकी शर्मिला महतले रजत दिलाइन्।

प्याट्रनको पुरुषतर्फ निलो पेटिमा पुर्वाञ्चलका विर बहादुर तामाङले स्वर्ण र मध्यमाञ्चलका अनिल तामाङले रजत, रातो पेटिमा एपीएफका श्यामकृष्ण श्रेष्ठले स्वर्ण र पुर्वाञ्चलका रबजोर वाईबाले रजत, कालोपेटि प्रथम डानमा आर्मीका भिम बहादुर तामाङले स्वर्ण र पश्चिमाञ्चलका विमल रानाले रजत, दोस्रो डानमा आर्मीका पुर्ण बहादुर मगरले स्वर्ण र पश्चिमाञ्चलका श्याम बहादुर गाहा मगरले रजत तथा तेस्रो डानमा पुर्वाञ्चलका युवराज लामाले स्वर्ण र मध्यमाञ्चलका हनक सुब्बाले रजत हात पारे।  

स्पाइरिङको पुरुष ६०–६५ केजी तौलमा सेमिफाइनलमा पश्चिमाञ्चलका दिनेश बुढामगरले आर्मीका आदोन लामालाई हराउँदै स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell