PahiloPost

Dec 31, 2024 | १६ पुष २०८१

निर्वाचनबारे सरकारलाई एमाले अध्यक्ष ओलीका ३ प्रश्न



मनोज सत्याल

निर्वाचनबारे सरकारलाई एमाले अध्यक्ष ओलीका ३ प्रश्न

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचनलाई बहानाको रुपमा प्रयोग गरेको आरोप लगाएका छन्। पार्टी संसदीय दलको कार्यालयमा प्रतिपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले तीन तहको निर्वाचनका लागि अब ११ महिनाको मात्र समय रहेको भन्दै मुलुक संवैधानिक र राजनीतिक संकटमा फस्ने चेतावनी दिए।

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरे – 'निर्वाचनको सन्दर्भमा के गर्नुभयो?'

सत्तापक्षका दलहरुले संसद अवरोधका कारण निर्वाचन सम्बन्धि विधेयक अगाडि बढ्न नसकेको आरोप लगाइरहँदा ओलीले भने - 'के अड्कियो संसदमा?' उनले सरकारले अलमल्याउन खोजेको उल्लेख गर्दै तीन सवाल खडा गरे।

  • स्थानिय तह पुन: संरचना आयोगले प्रतिवेदन बुझाउन खोजिरहेको छ। उहाँहरुले बुझिराख्नु भएको छैन। के मा निर्वाचन गराउनुहुन्छ?
  • उहाँहरुले निर्वाचन क्षेत्र निर्धारण आयोग बनाउनु भएको छैन। के मा निर्वाचन गराउनु हुन्छ?
  • उहाँहरुले निर्वाचन सम्बन्धि ऐन ल्याउनु भएको छैन। समितिमा भएको समितिमा छलफद्य गराइरहनु भएको छैन। कहाँ अल्झिएको छ?
 
उनले संसद छलफल गर्ने थलो भएपनि राष्ट्रियताको सवालमा, देशको अस्तीत्वको सवालमा र अखण्डताको सवालमै प्रश्न ल्याउने पाइन्छ? छलफल हुन्छ', भन्दै प्रश्न गरे।

सरकारको ध्यान लोकतन्त्र, संविधान कार्यान्वयन र संक्रमणको अन्त्य गराउने विषयमा नभएको उनको भनाई थियो। 'एउटा असफल वास्तविक वितण्डाको इतिहासको जयजयकार गरेर हिड्नु भएको छ', ओलीले भने।

ओलीले निर्वाचनको विषयमा सरकारले आफूहरुसँग कुनै छलफल नै नगरेको दावी समेत गर्दै सोधे - प्रतिपक्षीसँग संवाद गरिरहनु भएको छ?
उनले प्रतिपक्षलाई प्रचण्डले ललकारी रहेको आरोप लगाए। 'धम्काइ रहनु भएको छ। कसले भनिदिएको छ कि, जितिहाल्छौँ। संसदमा आए बिताइदिउँला भनेको होला। त्यहि भएर दम्भ देखाइरहनु भएको छ।'
 

प्रतिपक्षी गठबन्धनमा ९ दल

पत्रकार सम्मेलनमा प्रतिपक्षी गठबन्धनका ९ दलको सहभागिता रहेको थियो। नेकपा एमाले सहित नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ती पार्टी (लोकतान्त्रिक) नेपाल, बहजुन शक्ति पार्टी, नेपा: राष्ट्रिय पार्टी र मधेस समता पार्टी नेपाल सहभागि थिए।

एमालेले संविधान संशोधनको विपक्षमा आफ्नो पक्षमा एक तिहाई भन्दा धेरै सांसद रहेको दावी गर्दै आएको छ। 'यो प्रस्ताव पास पनि हुदैँन, छलफल पनि हुदैँन र पास हुने सम्भावना पनि छैन', ओलीले दावी गरे।
 

जनतामा जान नदिएको आरोप

एमालेले प्रतिपक्षी दललाई सत्तापक्ष र सरकारले जनतामा जान नदिएको समेत आरोप लगाएको छ। पत्रकार सम्मेलनमा अध्धक्ष ओलीले अप्रिय अवस्था आउन सक्ने चेतावनी समेत दिए।

'जनताको बीचमा जान किन रोकिन्छ, यो कुरा पुष्पकमल दाहाल प्रचण्डले किन बोल्नुहुन्न', ओलीले प्रश्न गरे, 'निषेधको राजनीति हुनु हुदैँन पछि अप्रिय स्थिति नहोस्।'

केही दिन अघि एमालेले लाहानमा कार्यक्रम गर्नका लागि तय गरेको हलमा संघीय समाजवादी फोरमका स्थानिय नेताले आगो लगाइदिने चेतावनी दिएपछि कार्यक्रम प्रभावित बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell