काठमाण्डौ : रक्षामन्त्री बालकृष्ण खाँडले भिमफेदीमा रहेको सेनाके प्लाष्टिक उद्योग निरिक्षण गरेका छन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीसँगै खाँड भिमफेदीमा रहेको सेनाको श्री बहुउद्देश्य प्लाष्टिक उद्योगको निरिक्षण गरेका हुन्।
रक्षामन्त्रि र प्रधानसेनापतिले मकवानपुरमा रहेको सुनाचरी इमल्सन प्लान्टको समेत निरिक्षण गरेका थिए। दुबै ठाउँको अवस्थाबारे निरिक्षण सकाए खाँड र क्षत्री सेनाको चितवनमा रहेको विपद् व्यवस्थापन गणको निरिक्षणा गरेर खोज तथा उद्दारको डेमोस्ट्रेसनको अवलोकन समेत गरेका थिए।
तस्विर: नेपाली सेना