PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

​पाँच प्रदेशको मागबारे ओली भन्छन् : अलिकति भन्न भ्याएको थिइन, कसैले भनिदिनुभयो, धन्यवाद



पहिलोपोस्ट

​पाँच प्रदेशको मागबारे ओली भन्छन् : अलिकति भन्न भ्याएको थिइन, कसैले भनिदिनुभयो, धन्यवाद

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले पाँच प्रदेश भनेको भनेर सार्वजनिक भएको विषयमा अनभिज्ञता जनाएका छन्। 
आइतबार संसदीय दलको सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा ओलीले पाँच प्रदेशबारे बाहिर आएको विषयमा बताएका हुन्।

उनले संविधान यो अन्तिम सत्य हो भनेर नभनेको उल्लेख गर्दै 'हिजो अस्ती मैले पाँच वटा प्रदेश मात्र भनेँ भनेर आएको' भन्दै 'श्रृजनाशिलताका लागि धन्यवाद' भनेका थिए।

'मैले अलिकति भन्न भ्याएको थिइन। आफैँ कसैले भनिदिनुभयो। खैर, संविधानमा परिमार्जन गर्नपर्ने हुनसक्छ औचित्य आवश्यकताका लागि हुनसक्छ' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell