PahiloPost

May 15, 2025 | २ जेठ २०८२

प्रमुख दलको बैठक सोमबार : सफल होलिन् सभामुख ?



पहिलोपोस्ट

प्रमुख दलको बैठक सोमबार : सफल होलिन् सभामुख ?

काठमाडौं : ससंदमा जारी गतिरोध हटाउन सभामुख ओनसरी  घर्तीले सोमबार प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक डाँकेकी छिन्। आइतबार तोकिएको संसदको बैठक एक दिन अगाडिनै स्थगित गरेर सहमती जुटाउन उनले प्रमुख तीन दलका नेता मात्रै हैन संसदमा रहेका अन्य राप्रपा, सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टीका शीर्ष नेतालाई समेत डाँकेकी छिन्।

व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा सोमबार दिउँसो ३ बजे बस्ने बैठक फलदायि होला ! संसद अवरोध गर्दै आएको नेकपा एमालेले संसदिय दलमा गरेको नौ दलको पत्रकार सम्मेलनमा देखिएका दृष्य सहमतीका लागी सकारात्मक थिएनन्।

पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको विधेयक र सरकारप्रतिको टिप्पणी बदलिएको थिएन। उनले सविधान संशोधन प्रस्तावमा छलफलनै हुन नसक्ने ठोकुवा गरिसकेकाले सोमवार हुने सभामुखको बैठक सहमति निकट समेत पुग्न नसक्ने देखिन्‍छ।

सरकारको प्रस्तावमाथी संसदमा छलफलनै गर्न नदिएर एमालेले संसदिय अभ्यासमाथीनै प्रहार गरेको सत्ताधारी दलले आरोप लगाए पनि त्यसको प्रभाव एमालेमा देखिएको छैन । एमालेले प्रस्ताव राष्ट्रियता र भौगोलिक अखण्डताको विरोधी भएकाले यो बारेमा संसदमा छलफल समेत हुन नसक्ने ओलीले आइतबार नै बताइसकेका छन्।

संविधान संशोधनका विधेयकलाई लिएर एमालले लगातार संसद् अवरुद्ध गर्दा निर्वाचनसँग सम्बन्धित विधेयक अलपत्र परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीको महाअभियोगको प्रस्ताव त्यसै थन्किएको छ।
राससको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell