
झापा : सातौं राष्ट्रिय खेलकुद अन्तर्गत झापाको धुलाबारीमा आयोजना भएको जुडो खेलमा आइतबार ९ स्वर्ण पदकको छिनोफानो भएको छ। दुई दिनको खेलमा कुल १८ स्वर्ण पदकको खेल भएका छन्। सोमबार तीन स्वर्णका लागि खेल हुनेछ।
राउण्डरोविन लिगमा भएको खेलमा आर्मीकी फुपुल्हामु खत्रिले अन्तिम लिग खेलमा चार सेकेण्डमा हराइन्। १२औँ सागकी स्वर्ण विजेता फुपुले महिला ६३ केजीको सबै खेलमा अपराजित रहदै स्वर्ण जितिन्। सोही तौलमा पुलिसकी निसा चौधरीले रजत तथा सुदरपश्चिमाञ्चलकी शेखा श्रेष्ठ र पुर्वाञ्चलकी दिल कुमारी सिजालीले कास्य पदक जितिन।
महिला ४४ केजीमा मध्यपश्चिमाञ्चलका सोनु भटृले स्वर्ण, पश्चिमाञ्चलका सोम माया तामाङले रजत, सुदुरपश्चिमाञ्चलका विमला महता र नेपाल आर्मीकी सुमित्रा राईले कास्य तथा ५२ केजी तौलसमुहमा आर्मीकै लिला अधिकारीले स्वर्ण, पुलिसकी दिल कुमारी छन्त्यालले रजत, एपीएफकी देविका खड्का र मध्यमाञ्चलकी कविता नेपालीले कास्य पदक हात पारिन्।
महिलाकै ७८ केजीमा आर्मीकी पुनम श्रेष्ठले स्वर्ण, पुर्वाञ्चलकी वविता चौधरीले रजत, पुलिसकी भावना घर्तिमगर र मध्यपश्चिमाञ्चलकी कृष्णी राइदासले कास्य जितिन्।
पुरुष ५० केजी तौल समुहमा आर्मीका तिलक बहादुर देउजाले स्वर्ण, मध्यमाञ्चलका मनोज आचार्यले रजत, एपीएफका सन्तोष विष्ट र मध्यपश्चिमाञ्चलका चक्रविर रोक्काले कास्य तथा ६० केजी तौलमा आर्मीका सुदिप कुमार बोहराले स्वर्ण, पुलिसका उमेश मगरले रजत, मध्यपश्चिमाञ्चलका दिनेश बुढामगर र पुर्वाञ्चलका विकास भुजेलले कास्य पदक जितेका छन्।
७३ केजी तौलसमुहमा पुलिसका सञ्चित डंगोलले स्वर्ण, मध्यमाञ्चलका रामभक्त तामाङले रजत, एपीएफका निर्दोश चलाउने र आर्मीका जंग बहादुर सारुले कास्य जिते।
पुरुष ९० केजी तौलसमुहमा नेपाल प्रहरीका श्रीराम मकाजुले स्वर्ण, मध्यमाञ्चलका सञ्जय महर्जनले रजत, नेपाल आर्मीका सुर्यमान लामा र सुदुपश्चिमाञ्चलका चन्द्र प्रसाद चौधरीले कास्य तथा १०० केजीमा नेपाल प्रहरीका राजन जोशीले स्वर्ण, नेपाल आर्मीका कालुमान तामाङले रजत, पुर्वाञ्चलका बच्चुलाल चौधरी र सुदुरपश्चिमाञ्चलका आषिश ओझाले कास्य पदक जितेका छन्।
दोस्रो दिनको पदक विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्री दलजित विके श्रीपाली, राष्ट्रिय खेलकुद परिषद राखेपका उपाध्यक्ष लामा टेण्डी शेर्पा र नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्रचार्यले पदक हस्तान्तरण गरे।