PahiloPost

May 15, 2025 | २ जेठ २०८२

​पुरुष फुटबल : आर्मीको जितमा नवयुगको निर्णायक गोल, एपीएफ र सुदुरपश्चिमले खेले बराबरी



पहिलोपोस्ट

​पुरुष फुटबल : आर्मीको जितमा नवयुगको निर्णायक गोल, एपीएफ र सुदुरपश्चिमले खेले बराबरी

सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा आइतबार विभागिय टीम नेपाल आर्मीले जित हात पार्दा अर्को विभागिय टीम एपीएफले सुदुरपश्चिमाञ्चलसँग बराबरी खेलेका छ।

एन्फा टेक्निकल सेन्टर धरानमा भएको समूह ‘ख’ को पहिलो खेलमा एपीएफ र सुदूरपश्चिमाञ्चले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।

अर्को खेलमा आर्मीले मध्यपश्चिमाञ्चललाई १-० गोलअन्तरले पराजित गर्‌यो। आर्मीलाई जित दिलाउन खेलको छैटौं मिनेटमै नवयुग श्रेष्ठले गरेको एक मात्र गोल नै निर्णायक बन्यो। दोस्रो हाफको १९ औं मिनेटमा कृष्ण रानाभाटले रातो कार्ड पाएर मैदान छाड्नु परेपछि मध्यपश्चिमाञ्चल १० खेलाडीमा झरेको थियो।

आइतबारको नजितापछि दुवै खेलमा जित हात पारेको आर्मी ६ अंकको साथ समूहको शीर्ष स्थानमा छ। आर्मीले पहिलो खेलमा सुदूर पश्चिमाञ्चललाई हराएको थियो। एक खेलमा जित र एकमा बराबरी नतिजा निकालेको एपिएफले ४ अंकका साथ समूहको दोस्रो स्थानमा छ।

यस्तै एकमा हार र एकमा बराबरी नतिजा निकालेको सुदूरपश्चिमाञ्चलको एक अंक छ। दुवै खेल हार्दै अंकविहीन रहेको मध्यपश्चिमाञ्चल एक खेल खेल्नुअघि नै समूह चरणबाट बाहिरिसकेको छ। 

सोमबार समूह क को अन्तिम चरणका खेलहरु हुनेछन्। पहिलो खेल नेपाल पुलिस क्लब र मध्यामाञ्चलबीच हुनेछ भने दोस्रो खेल पश्चिमाञ्चल र पुर्वाञ्चलबीच हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell