PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

​भारोत्तोलनमा देवी चौधरीको राष्ट्रिय कीर्तिमान



पहिलोपोस्ट

सातौ‌ं राष्ट्रिय खेलकुद अन्तर्गत सप्तरीको राजविराजमा आइतबारदेखि सुरु भएको भारोत्तोलनमा चार स्वर्णको टुंगो लाग्दा महिला ५३ केजीमा प्रहरीकी देवी चौधरीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्।

देवीले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ७८ गरी कूल १३८ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ कीर्तिमान रचेकी हुन्। यसअघि देवीकै नाममा स्न्याचमा ५८ र क्लिन एन्ड जर्कमा ७७ केजीको कीर्तिमान थियो। प्रहरीकी संगीता राई दोश्रो र पश्चिमाञ्चलकी टीकामाया गुरुङ तेश्रो भए।

महिला ४८ केजीमा आर्मीकी मनीषा रानाभाटले स्वर्ण जितिन्। मनीषाले स्न्याचमा ५० र क्लिन एन्ड जर्कमा ५५ गरी जम्मा १०५ केजी वजन उठाइन्। पूर्वाञ्चलकी मनीषा चौधरी दोश्रो र सुदूरपश्चिमाञ्चलकी कञ्चन चौधरी तेश्रो भए।

पुरुषको ५६ केजीमा पूर्वाञ्चलका मनोज यादव स्न्याचमा ८० र क्लिन एन्ड जर्कमा ९५ गरी जम्मा १७५ केजी भार उठाउदै शीर्ष स्थानमा रहे। आर्मीका तुलानाथ महतो दोश्रो र सुदूरपश्चिमाञ्चलका रविलाल चौधरी तेश्रो भए। 

पुरुषको ६२ केजीमा आर्मीका विकास थापाले स्वर्ण जिते। उनले स्न्याचमा १०० र क्लिन एन्ड जर्कमा ११५ गरी कूल २१५ केजी भार उठाए। आर्मीका जीवन तामाङले रजत र पश्चिमाञ्चलका धनबहादुर झाक्रीले कांस्य प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell