
काठमाडौं: पुस २२ गते प्रदर्शनको लागी तयार भएको फिल्म 'भ्रम'का लागि नायिका हर्षिका श्रेष्ठले बोतल खाली गर्न थालेकि छन्। तर उनले बोतल भने आइटम गीतका लागि खाली गरेकी हुन्। हार्षिकाले आइटम डान्स गरेको गीत हो 'बोतल त्यो गर खाली'।
नायिका हर्षिका श्रेष्ठलाई फिचर गरिएको यस गीतमा चलचित्रका लिड कलाकार सुरेश गमाललाई पनि नचाईएको छ। कोरियोग्राफर गोबिन्द प्रभातको कोरियोग्राफीमा तयार भएको यो गीतमा रत्न शोभा महर्जनको स्वर र रक्की धांसुको शब्द संगीत छ।
उज्यालो सुर्य फिल्म्सको ब्यानरमा बनेको यो फिल्म रबिन्द्र शाही (आरबी)ले निर्देशन गरेका छन्। फिल्ममा कर्मा शाक्य, भिन्तुना जोशी र खुस्बु खड्का लिड रोलमा छन् । निर्देशक शाहीले लेखेको कथामा बनेको यो फिल्ममा पटकथा तथा संवाद भने राधा श्रेष्ठ र श्याम श्रेष्ठले तयार गरेका छन्।
चलचित्र बहादुर, परदेशी कान्छा लगायतकाको फिल्ममा प्रमुख कलाकार भएर अभिनय गरेका कलाकार तथा निर्मता श्याम ल्वागुणले फिल्मको निर्माण गरेका हुन्। उनलाई सुरेश गमालले निर्माणमा साथ दिएका छन्।
लभ स्टोरी तथा संस्पेंन्स कथामा निर्माण भएको फिल्म 'भ्रम' मा कृष्ण श्रेष्ठले सिनेमाटोग्राफी, कुमार महर्जनको द्वन्द् र रक्की धांसुको संगीत तथा गोविन्द प्रभातको कोरियोग्राफी छ।