PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

​सेनामा जागिरको अवसर : प्राविधिक पदमा २१६ जनालाई जागिर खुल्यो



पहिलोपोस्ट

​सेनामा जागिरको अवसर : प्राविधिक पदमा २१६ जनालाई जागिर खुल्यो

काठमाडौं : नेपाली सेनाले दुई सय १६ प्राविधिक पदको दरवन्दी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। ओभरसियर, नर्सिङ, मेकानिकल इन्जिनियर, छापाखाना प्राविधिक, छायाँकार, कम्प्युटर अपरेटरलगायतका ३३ पदमा दुई सय १६ जनाको खुला तथा समानुपातिक समावेशी रुपमा पदपूर्तिका लागि सूचना प्रकाशन गरेको हो।

संविधानको प्रावधान अनुसार महिला, आदिवासी, जनजाति, मधेशी, दलित र पिछडिएको क्षेत्रलाई समानुपातिक रुपमा कोटा निर्धारण गरिएको छ। कम्तीमा एसएलसी, प्राविधिक एसएलसी, पिसिएल नर्सिङ, इन्जिनियरिङ डिप्लोमा उत्तीर्ण गरेका उम्मेद्वारले योग्यता अनुसारको पदमा फाराम भर्न सक्नेछन्।

दरखास्त फाराम सेनाको मुख्यालय जंगी अड्डा भद्रकालीवाट बुझ्न सकिने सूचनामा छ। पुस ११ गतेवाट माघ ११ गतेसम्म दरखास्त दिन सकिने छ। डवल दस्तुर तिरेर माघ १८ गतेसम्म दरखास्त फाराम भर्ने समय छ।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell