PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

साफ महिला च्याम्पियनसिप : नेपाल पहिलो खेलमा आज भुटानसँग खेल्दै



पहिलोपोस्ट

साफ महिला च्याम्पियनसिप : नेपाल पहिलो खेलमा आज भुटानसँग खेल्दै

उपाधि जित्ने लक्ष्यका साथ भारत पुगेको नेपालले आज भुटानसँग खेल्दै चौथो साफ महिला च्याम्पियनसिपको सुरुवात गर्दैछ।

समूह ए मा रहेको नेपाल र भुटानबीचको खेलमा सिलगुरीस्थित कञ्चनजंगा स्टेडियममा नेपाली समयअनुसार दिउँसो सबा २ बज सुरु हुनेछ।

च्याम्पियनसिप अघि आइतबार भएको प्रि म्याच कन्फ्रेरेन्समा नेपालका प्रशिक्षक कुमार थापाले उपाधि जित्नेमा आशावादी भएको बताए।

'पहिलो पटक नेपालको  प्रशिक्षण सम्हालेका थापाले भने, पछिल्लो तीन संस्करणमा हामी फाइनलमा पुगेर पनि हार्यो, त्यसैले यो पटकको हाम्रो चुनौती भनेको फाइनलमा जित्नु हो।'

'भारत संधैझै प्रतियोगितामा साविक विजेताको रुपमा छ तर हामी यस प्रतियोगिताको लागि राम्रो तयारीका साथ आएका छौं।' उनले प्रतियोगिताअघि मलेसियासँग खेलेको मैत्रीपूर्ण खेलले पनि टीमलाई धेरै सहयोग गरेको बताए। 

यस्तै पहिलो पटक नेपाली टीमको कप्तानी सम्हालेकी रेनुका नगरकोटीले पनि तीन पटकको फाइनल हारलाई यसपटक ब्रेक गर्ने योजनामा रहेको बताइन्।

आजै समूह ए कै श्रीलंका र माल्दिभ्सबीचको खेल पनि हुनेछ। भारत, बंगलादेश र अफगानिस्तान समूह बी मा छन्। 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell