PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

पूर्वसभासद् एवं नेपाल भाषाका विद्रोही कवि बुद्ध सायमि रहेनन्



पहिलोपोस्ट

पूर्वसभासद् एवं नेपाल भाषाका विद्रोही कवि बुद्ध सायमि रहेनन्

काठमाडौँ नेपाल भाषाका विद्रोही धारका कवि तथा नेपाः पार्टीका पूर्वसभासद् बुद्ध सायमिको ७२ वर्षको उमेरमा आइतबार निधन भएको छ।
 
गत सोमबार बेहोस भई ढलेपछि उनलाई उपचारका लागि जावलाखेलस्थित अल्का अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा थप समस्या देखिएपछि शनिबार साँझबाट सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो।
 
कलेजो,  मिर्गौला र मधुमेहको समस्याबाट उनी पीडित थिए।
 
२०६४ को संविधानसभामा नेपाः पार्टीबाट सभासद् बनेका उनी नेवाः देय् गु संस्थाको अध्यक्ष समेत थिए। २०२० सालमा नेपाल भाषामा कविता लेख्न सुरु गरेका उनका नेपाल भाषाका दुई कविता सङ्ग्रह सहित चार कृति प्रकाशित छन्। उनका एक छोरा र एक छोरी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell