PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

६ बुँदे सहमतिपछि आइओएम डिन कार्यालयमा लगाइएको ताला २४ दिनपछि खुल्यो



सविन ढकाल

६ बुँदे सहमतिपछि आइओएम डिन कार्यालयमा लगाइएको ताला २४ दिनपछि खुल्यो

काठमाडौं : चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डिन कार्यालयमा लगाइएको ताला २४ दिनपछि आज खुलेको छ।
 
सरकारले आइओएमका डिन डा. केपी सिंहलाई राजीनामा गराएर डा. जगदीश अग्रवाललाई नियुक्त गरे पनि सिंह पक्षधर कर्मचारीले गत मंसिर १८ गतेदेखि डिन कार्यालयमा तालाबन्दी गरेका थिए। कर्मचारीले अग्रवाललाई कार्यालयमा प्रवेश गर्न दिएका थिएनन्। त्यहाँका ७५ कर्मचारी पनि तालाबन्दीपछि कामविहीन थिए।
 
आन्दोलनरत पक्ष र सरकारबीच रमेशकान्त अधिकारीको प्रतिवेदनमाथि छलफल गरी आवश्यक निर्णय लिने, डिन लगायतका पदाधिकारी नियुक्ति विधिसम्म गरिनुपर्ने लगायत ६ बुँदे सहमतिपछि ताला खुलेको हो।
 
आन्दोलनका कारण चिकित्साशास्त्रमा अध्ययनरत करिब २ हजार विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ।  आइओएम बचाउ संघर्ष समितिले डिन कार्यालयमा आन्दोलन थालेको थियो। बलमिच्याइ र आन्दोलनको भरमा डिन नियुक्त गर्ने प्रथा अन्त्य गर्नुपर्ने उनीहरुले अडान राख्दै आएका थिए।
 
नियुक्ति पाए पनि कार्यालयमा जान नसकेपछि अग्रवालले केही दिन आफ्नो पुरानो कार्यकक्षबाट काम सुरु गर्न खोजेका थिए। तर मंसिर २२ मा आन्दोलनरत कर्मचारीले उनको त्यो कोठामा पनि ताला लगाइदिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell