PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

गैरपत्रकारलाई सदस्यता दिएको विरोधमा पत्रकार महासङ्घको कार्यालयमा तालाबन्दी



पहिलोपोस्ट

बाबियाचौर (म्याग्दी) : नेपाल प्रेस युनियन म्याग्दीले यहाँस्थित नेपाल पत्रकार महासङ्घ जिल्ला शाखामा तालाबन्दी गरेको छ।
 
महासङ्घको सदस्यताका लागि गैरव्यावसायिक पत्रकारलाई सिफारिस गरेकाले तालाबन्दी गरेको प्रेस युनियनका जिल्ला सभापति गोपाल छन्त्यालले बताए।
 
सरकारी कर्मचारी र राजनीतिक दलका कार्यकर्तालाई महासङ्घको साधारण सदस्यता प्रदान गर्नका लागि सिफारिस गरिएकामा युनियनको आपत्ति रहेको सभापति छन्त्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
 
महासङ्घको साधारण सदस्यताका लागि २७ जनाको आवेदन परेकामा आइतबार बसेको बैठकले १५ जनाको नाम सिफारिस गरेको थियो। योग्य भएकालाई बैठकमा छलफल गरी सदस्यताका लागि सिफारिस गरिएको शाखा अध्यक्ष सुरत केसीले बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell