PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

​करातेका मुकुन्द्र महर्जनलाई राष्ट्रिय खेलकुदमा 'ह्याट्रिक स्वर्ण'



पहिलोपोस्ट

​करातेका मुकुन्द्र महर्जनलाई राष्ट्रिय खेलकुदमा 'ह्याट्रिक स्वर्ण'

विराटनगर : सशस्त्र प्रहरीका मुकुन्द्र महर्जनले राष्ट्रिय खेलकुदमा लगातार तीन स्वर्ण जित्दै सोमबार ह्याट्रिक गर्न सफल भएका छन्।

उनले शहिद रङ्गशालामा भएको सातौं राष्ट्रिय खेलकुदमा पुरुष कराते ६७ केजी तौलमा स्वर्ण हात पार्दै करातेकै पर्शुराम बास्तोलासँग ह्याट्रिक गर्ने सूचीमा सामेल गरेका छन्। 

मुकुन्द्रले काठमाडौंमा भएका पाँचौ र सुदूरपश्चिममा भएको छैटौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण जितेका थिए।

यस स्पर्धामा सुदूरपश्चिमका मो शेखु आलमले रजत तथा नेपाल प्रहरीका भुपेन्द्र खड्का र मध्यमाञ्चलका विशाल पौडेलले कास्य पदक पाए।

यस्तै पुरुषको ८४ केजीमुनीको तौलमा नेपाल प्रहरीका दिवश श्रेष्ठले पश्चिमाञ्चलका सुनित घर्तिमगरलाई पराजित गर्दै स्वर्ण जिते। पूर्वाञ्चलका ईश्वर माझी र सशस्त्रका भिमबहादुर तामाङ्गले तेस्रो हुँदै कास्य जिते।

महिला ६८ केजी तौलमा सशस्त्र प्रहरीकी कल्पना बस्नेतले स्वर्ण जितिन्। उनले आर्मीकी रिता कार्कीलाई फाइनलमा पराजित गर्दै स्वर्ण हात पारिन्। मध्यमाञ्चलकी रोजिता रंजित र पुलिसकी मनिता मोक्तानले कास्य पाए।

टेबल टेनिस
टेबल टेनिसतर्फको मिक्स डबलल्समा नेपाल पुलिसका दीप साउन र नविता श्रेष्ठको जोडीले आफ्नै टोलीका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडीलाई ११-८, ११-५ र ११-४ले पराजित गर्दै स्वर्ण जितेका छन्।

एपिएफका पुरुषोत्तम बज्राचार्य र सोनु थापामगर तथा आर्मीका कृष्ण थापामगर र रोविना महर्जनको जोडीले कास्यमा चित्त बुझाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell