PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

दंगल तीन दिनमै सय करोड क्लबमा



पहिलोपोस्ट

दंगल तीन दिनमै सय करोड क्लबमा

फिल्म दंगलले तीन दिनमा एक सय करोड माथिको व्यापार गरेको छ।  सो बक्सअफिस कलेक्शन भारतबाट मात्र जम्मा गरिएको हो ।

बलिउड फिल्म विज्ञ तरण आदर्शले ट्विटर मार्फत फिल्मको बक्स अफिस कलेक्शनको जानकारी दिएका हुन्। 



उनका अनुसार फिल्मले शुक्रबार को २९ करोड ७८ लाख, शनिबार  ३४ करोड ८२ लाख र आइतबार ४२ करोड ३५ लाखको व्यापार गरेको हो।

पहलमान महाबिर फोगट, उनको छोरीहरु गीता र बबिताको जीवन कथामा आधारित फिल्मले समिक्षात्मक रुपमा पनि राम्रो प्रतिक्रिया बटुलेको छ। 
फिल्मले तीन दिनमा एक सय छ करोड पन्चानब्बे लाखको व्यापार गरेको हो। तरणका अनुसार फिल्मले अन्तराष्ट्रिय स्तरमा पनि शनिबारसम्ममा ४५ करोडको व्यापार गरेको छ। 

दंगलमा अभिनेता आमिर खानको मुख्य भूमिका रहेको छ। यस अघि पनि उनको गजनी, थ्री इडियट्स, पिके, धूम ३ लगायत फिल्म सय करोड क्लबमा सामेल छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell